Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी प्रदेश सरकारबाट एमाले बाहिरियो

कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो


कोशी । कोशी प्रदेशका मन्त्री रामबहादुर रानामगरले पदबाट राजीनामा दिएका छन् । केही हप्ता अगाडि मुख्यमन्त्री केदार कार्कीले सत्ता साझेदार दल नेकपा (एमाले) को तर्फबाट नियुक्त बिनाविभागीय मन्त्री मगरले आज पदबाट राजीनामा दिएका हुन् । बिहान मुख्यमन्त्री केदार कार्कीसँग भेटेर उनले राजीनामा दिएका हुन् ।

सहमति विपरीत सरकार विस्तार गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेकपा एमालेका ३९ जना र नेपाली काँग्रेसका संस्थापनको निर्णय अस्वीकार गरेका आठजना सांसद मिलेर कोशी प्रदेशमा असोज २७ गते केदार कार्की मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्रीले असोज २८ गते नेपाली काँग्रेसका शम्सेर राई र नेकपा एमालेका मगरलाई मन्त्री नियुक्त गरी सानो मन्त्रिपरिषद् गठन गरेका थिए ।

मन्त्री पदबाट राजीनामा दिएका उनले सरकारलाई दिएको समर्थनको विषयमा बताएका छैनन् ।

संविधानको धारा १६८ को उपधारा ५ मा सांसदहरुले मुख्यमन्त्रीलाई व्यक्तिगत रुपमा समर्थन गर्ने व्यवस्था भएकाले दलले एकमुष्ठ समर्थन फिर्ता लिने व्यवस्था संविधानमा छैन ।

मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएका सांसदहरुले समर्थन फिर्ता लिने तथा फिर्ता लिएपछि संसदबाट फेरि विश्वासको मत लिन पर्ने कि नपर्ने भन्ने विषयमा पनि संविधान मौन छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

धादिङको थाक्रेमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर ७० वर्षीय

देशभर आगलागी र डढेलो विकराल बन्दै

काठमाडौँ । देशभर आगलागी र वन डढेलोको समस्या विकराल बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ: सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताएकी

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महोत्तरीमा आगलागीका कारण घरबारविहीन भएका १५० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । बैंकले

Techie IT