Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपः बंगलादेश र श्रीलंकाबीचको खेलमा बन्यो यस्तो दुर्लभ कीर्तिमान

एकदिवसीय विश्वकपः बंगलादेश र श्रीलंकाबीचको खेलमा बन्यो यस्तो दुर्लभ कीर्तिमान


एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३८ औं खेल बंगलादेश र श्रीलंकाबीच दिल्लीको अरुण जेटली स्टेडियममा सम्पन्न भयो । खेल बंगलादेशले ३ विकेटले जित्यो ।

यसैबीच यो खेलमा विश्वकपको ठूलो कीर्तिमान बनेको छ । यस खेलबाट कुनै एक विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनेको हो ।

कुसल मेन्डिसको ब्याटबाट निस्केको छक्काले विश्वकपको ४८ वर्षको इतिहास बदल्यो । विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि विश्वकपमा ४६४ छक्का प्रहार भएको छैन । यस मामिलामा सन् २०१५ को विश्वकपमा ४६३ छक्काको कीर्तिमान पनि पछि परेको हो ।

हालको विश्वकपमा ४६४ प्लस छक्का पूरा भएको छ । यसअघि सन् २०१५ को विश्वकपमा फ्यानले प्रतियोगितामा ४६३ छक्का प्रहार गरेको देख्ने मौका पाएका थिए ।

यसबाहेक सन् २००७ र २०१९ को यस प्रतियोगितामा छक्काको संख्या ३५० भन्दा बढी थियो । योसँगै २००७ को विश्वकपमा ३७३ छक्का र २०१९ को विश्वकपमा ३५७ छक्का प्रहार भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT