Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालधुलोले आजित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध

धुलोले आजित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध


दमौली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलाले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन् । धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो नियन्त्रणका लागि सम्बन्धित निकायले पहल नगरेको भन्दै स्थानीयले आज मुख्यसडकखण्ड केही बेर अवरुद्ध गरेका हुन् ।

धुलोका कारण स्वास्थ्यमा समस्या बढ्दै गएको र सम्बन्धित निकायले पानी हालेर धुलो नियन्त्रण नगरेका कारण बाध्य भएर केही बेर सडक अवरुद्ध गर्नुपरेको स्थानीय राजकुमार श्रेष्ठले बताए । उनले भने, “विकास निर्माणका काममा धुलो उड्छ, तर त्यसलाई नियन्त्रणका लागि नियमित रुपमा पानी हाल्नुप¥यो, हामीले दबाब स्वरुप केही बेर सडक अवरुद्ध गरेका हौँ ।” नियमित रुपमा पानी हालिदिए धुलो नउड्ने र सर्वसाधारणलाई सहज हुने उनको भनाइ थियो ।

स्थानीय कृष्ण श्रेष्ठले नियमित रुपमा पानी हालेर धुलो नउड्ने वातावरण बनाउनुपर्ने र आफूहरुको माग सुनुवाइ नभए थप आन्दोलन गर्ने बताए । राजमार्ग विस्तारको काम भइरहँदा तनहुँ खण्डका विभिन्न ठाउँमा धुलोले स्थानीय आजित छन् । धुलोका कारण राजमार्ग आसपासका सर्वसाधारण प्रत्यक्ष प्रभावित छन् । त्यसका अतिरिक्त हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा पर्दै आएका छन् ।

यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा धुलोले सर्वसाधारण आजित भएपछि विरोधमा उत्रिएका छन् । शुक्लागण्डकीअन्तर्गत खैरेनीटारदेखि कोत्रेसम्मको सडकखण्डमा बढी धुलो उडेर वातावरण दूषित भई स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बाध्य भएर विरोध गर्नुपरेको सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शङ्कर पन्तले बताए ।

उनले भने, “विगतमा पनि यस विषयमा कुरा उठाउँदै आएका हाँै, केही समय माग सम्बोधन भए पनि पछि उस्तै समस्या आइरह्यो, धुलोले साह्रै मर्का परिरहेको छ ।” पन्तको नेतृत्वमा करिब ३० स्थानीय युवाले सडक निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) को ठेक्का पाएको चिनियाँ कम्पनीका प्रमुख चेन जुनताओ, सोही कम्पनीमा कार्यरत वातावरण इन्जिनियर शिव आशिष सिंखडा, इन्जिनियर मनोज भट्टसहित बसेको बैठकले धुलो नियन्त्रणका लागि नियमित पानी हाल्ने सहमति गरेको छ ।

काम गर्दा धुलो उड्न नदिन तथा नियन्त्रण गर्न कोत्रेदेखि खैरेनीटार कुम्लेखोलासम्म नियमित रुपमा तीन पानीका ट्याङ्करको व्यवस्था गरी बाटोमा पानी हालेर धुलो नियन्त्रण गर्ने सहमति भएको पन्तले जानकारी दिए । तीन ट्याङ्करले अपुग भएमा थप ट्याङ्करको समेत व्यवस्था निर्माण कम्पनीले गर्ने सहमति भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT