Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा


तनहुँ । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् ।

नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनीको छ घन्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको सम्पर्कमा आएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उक्त कम्पनीले नगरपालिकाअन्तर्गतका तीन सडक कालोपत्रको ठेक्का पाएको छ ।

ठेक्का सम्झौता भएर काम नभएपछि बाध्य भएर पत्र काट्नुपरेको पौडेलले बताए । उनले भने, “ठेक्का लिएर लामो समयसम्म काम नगर्ने, ठेक्का ओगटेर बस्ने प्रवृत्तिका विरुद्ध नगरपालिका कडाइका साथ लाग्छ, सम्झौता योजनालाई समयमै सम्पन्न गराउनेतर्फ नगरपालिका प्रतिबद्ध छ ।”

उक्त निर्माण कम्पनीले नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको भानु जन्मस्थल मोटरमार्ग, कालीमाटी–मानेचौका–कुञ्छा मोटरमार्ग र रातमाटा–राइपाली–भञ्ज्याङ मोटरमार्गको कालोपत्रको ठेक्का पाएको छ । गत वर्ष नै काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि लापरवाहीका कारण काम हुन सकेको छैन ।

कम्पनीका सञ्चालक माधव घिमिरेले कम्पनीमा धेरै ठेक्का भएकाले आवश्यक जनशक्तिको अभाव र अन्य व्यवस्थापकीय समस्याले गर्दा काममा ढिलासुस्ती भएको बताए । उनले आगामी मङ्गलबारबाट काम सुरु गरी चालु असार मसान्तसम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाले उक्त कम्पनीसँग भानु जन्मस्थल मोटरमार्गको रु एक करोड ७७ लाख ४७ हजार नौ सय ७३, कालिमाटी–मानेचौका–कुञ्छा मोटरमार्गको रु एक करोड १७ लाख ५५ हजार दुई सय ५७ र र रातामाटा–राईपाली–भञ्ज्याङ मोटरमार्गको रु एक करोड ८३ लाख १५ हजार तीन सय दुईमा सम्झौता गरेको थियो ।

समयमै काम सम्पन्न गर्नु निर्माण कम्पनीको दायित्व भएको र मौखिकरुपमा पटकपटक अनुरोध गर्दा अटेर गरिएपछि बाध्य भएर पत्र काट्नुपरेको नगर उपप्रमुख उमा गोतामेले बताए ।

ठेक्का सम्झौता भएर काम नहुँदा घाम लाग्दो धुलो र पानी पर्दा हिलोले सर्वसाधारण मर्कामा छन् । नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विकास योजनामा लापरवाही हुन नदिन नगरपालिकाका प्रतिबद्ध रहेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT