Techie IT
२०८२ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबेरुतलाई गाजामा परिणत गर्ने आतंकवादी संगठन हिजबुल्लाहलाई इजरायलको कडा चेतावनी

बेरुतलाई गाजामा परिणत गर्ने आतंकवादी संगठन हिजबुल्लाहलाई इजरायलको कडा चेतावनी


एजेन्सी । हमासको आतंकवादी हमला र सामूहिक नरसंहारबाट आक्रोशित इजरायलले गाजा पट्टीमा विनाश मच्चाएको छ ।

इजरायलले गाजामा हमासलाई पानी, हावा र जमिन तीनै तर्फबाट आक्रमण गरिरहेको छ।

यसैबीच लेबनानको सिमानाबाट इजरायलमा पनि आतंकवादी संगठन हिजबुल्लाहले आक्रमण गरिरहेको छ ।

यसका साथै हिजबुल्लाह नेता हसन नसरल्लाहले पनि इजरायलविरुद्ध भड्कावपूर्ण बयान जारी गरिरहेका छन् ।

यस्तो अवस्थामा इजरायली सरकारले नसरल्लाहलाई कडा चेतावनी दिएको छ ।

इजरायल गाजा युद्धको बीचमा हिजबुल्लाह नेता नसरल्लाहले आफ्नो दोस्रो भाषण जारी गरेका छन्। नसरल्लाहले इजरायलले आफ्नो उद्देश्य हासिल गर्न कहिल्यै नसक्ने बताएका छन् । गाजामा जे भइरहेको छ त्यसले भावी पुस्तालाई बलियो बनाउनेछ। हिजबुल्लाहले इजरायललाई लेबनानमा उनीहरूको विरुद्ध बदला लिने चेतावनी पनि दिएको छ।

उता इजरायलका रक्षामन्त्री योभ गालान्टले शनिबार लेबनानी सीमा नजिकको सैन्य अवस्थाको बारेमा जानकारी लिएको जेरुसेलम पोस्टले रिपोर्ट गरेको छ।

यस क्रममा उनले हिजबुल्लाह लेबनानलाई सम्भावित युद्धतर्फ तानेको र गल्ती गरिरहेको बताएका छन् । गैलान्टले लेबनानी नागरिकले यस्तो गल्तीको मूल्य चुकाउने पहिलो हुने बताएका छन्। गाजाको नियती बेरुतले भोग्नुपर्ने चेतावनी उनले दिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT