Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलन्युजिल्यान्डलाई हराउँदै भारत क्रिकेट विश्वकपको फाइनलमा

न्युजिल्यान्डलाई हराउँदै भारत क्रिकेट विश्वकपको फाइनलमा


एजेन्सी । आयोजक भारतले आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा स्थान बनाएको छ । न्युजिल्यान्डमाथि ७० रनको जित निकाल्दै भारत सन् २०११ पछि पहिलोपटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको हो ।

भारतले अब उपाधिका लागि आइतबार अस्ट्रेलिया वा दक्षिण अफ्रिका मध्ये एक टिमसँग खेल्नेछ ।

भारतले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८।५ ‌ओभरमा ३२७ रनमा अलआउट भयो ।

न्युजिल्यान्डका लागि ड्यारल मिचेलले १३४ रन र कप्तान केन विलियमसनले ६९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

बलिङमा भारतका मोहमद सामीले ७ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो ।

भारतका लागि विराट कोहलीले कीर्तिमानी शतकीय पारी खेले । उनले ११३ बलमा ११७ रन जोडे । उनको यो एकदिवसीय क्रिकेटमा ५० औं शतक हो । उनले यस मामिलामा सचिन तेन्दुलकरलाई पछि पारे । सचिनले एकदिवसीय क्रिकेटमा ४९ शतक बनाएका थिए ।

यस्तै, श्रेयस ऐय्यरले ७० बलमा १०५ रनको शतकीय पारी खेले । शुभमन गिलले ६६ बलमा ८० रनको योगदान दिए । उनी चोट बोकेपछि रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । यस्तै रोहित शर्माले २९ बलमा ४७ रन बनाए भने केएल राहुल ३९ रनमा अविजित रहे ।

बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले एक विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT