Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलहङकङलाई जितका लागि ५७ रनको लक्ष्य

हङकङलाई जितका लागि ५७ रनको लक्ष्य


काठमाडौँ । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले खेलको १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनायो ।

नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाए । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएका हुन्। रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सीता रानामगरले ९ रन जोडिन् भने रोमा थापाले ७ रन बनाइन् । त्यस्तै नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रूपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् ।

तेस्रो नम्बर ब्याटिङ गर्न आएकी सम्झना खड्कालाई नेपालले दोस्रो विकेटका रूपमा गुमायो । उहाँले एक रन जोड्दै आउट भइन् । चौथो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उहाँ रनको खाता नै नखोली पेभिलियन फर्किइन्। पाँचौँ नम्बरमा ब्याटिङ समाल्न आउनुभएको नेपाली टोलीकी कप्तान इन्दु बर्मा पनि शून्य रनमै आउट भइन् ।

बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिनुभयो भने रुचिथा भेनकातेसले दुई विकेट झार्नुभयो । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एकरएक विकेट लिइन् ।

नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । हिजो भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो ।

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । हङकङ अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT