Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थविद्युत् खरिद सम्झौताबारे सरकारले तत्काल निर्णय गर्छः ऊर्जामन्त्री बस्नेत

विद्युत् खरिद सम्झौताबारे सरकारले तत्काल निर्णय गर्छः ऊर्जामन्त्री बस्नेत


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने विषयमा सरकार तत्काल निर्णय गर्ने स्थितिमा पुग्न लागेको बताएका छन्।

ललितपुरमा बिहीबार सुरु भएको जलविद्युत् र दिगो विकाससँग सम्बन्धित क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री बस्नेतले आगामी १२ वर्षमा सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै त्यसका लागि ट्रान्समिसन लाइनको व्यवस्था, विद्युत् वितरण प्रणालीलगायत कुरामा ध्यान दिन आवश्यक भएको बताए।

उनले नेपालको जलविद्युत् र ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सजग रहेको भन्दै तत्काल विद्युत् खरिद सम्झौता (पीपीए)बारे निर्णय गर्ने पनि बताए।

उनले भने, ‘१२ वर्ष भित्रमा जुन विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छौँ, त्यसका लागि ट्रान्समिसन लाइनको व्यवस्था गर्नुपर्छ। त्यसका लागि वितरण प्रणाली र मार्केटको सुरक्षाका साथै लगानी आवश्यक रहेको कुरा ख्याल गरेका छौँ। लगानीमैत्री वातावरण बन्नुपर्छ भन्नेमा सरकार सजग छ। पीपीएको विषयमा हामी एउटा निर्णयमा पुग्दैछौं।’

उनले ऊर्जा क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान पनि गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT