Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालवेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेको दुई नयाँ पाठ्यक्रम सञ्चालन

वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेको दुई नयाँ पाठ्यक्रम सञ्चालन


काठमाडौँ। ललितपुरको कुपण्डोलस्थित ‘द वेस्टमिन्स्टर कलेज’ले यूकेको दुई शैक्षिक पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको छ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रमहरू बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएको हो।

सूचना तथा प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्नको लागि वेस्टमिन्स्टरले सर्वसुलभ शुल्कमा उल्लेखित पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको हो। प्रविधिको क्षेत्रमा नविनता र आविष्कार गर्नको लागि सक्षम जनशक्तिको निर्माण गरेर मुलुकको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य स्वरुप पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको कलेजको भनाई छ।

वेस्टमिन्स्टर कलेजका प्रमुख अरुण लाल जोशीले यी पाठ्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने उत्साह व्यक्त गर्दै भने, ‘हामीले बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएर शिक्षा मात्रै प्रदान गरिरहेका छैनौं, डिजिटल नेपालको भविष्यलाई समेत आकार दिइरहेका छौं।’

कलेजले सम्भावित विद्यार्थी र उनीहरुको परिवारहरूलाई यी परिवर्तनकारी शैक्षिका कार्यक्रमहरूले डिजिटल युगमा फस्टाउँदो करिअरको लागि मार्ग प्रशस्त गर्ने प्रतिज्ञा गरेको छ।

लण्डनस्थित वेस्टमिन्स्टर युनिभर्सिटी, क्यूएस वल्र्ड विश्वविद्यालय र्याङ्किङ्ग– २०२४ मा ७११–७२० मा परेर सिल्भर रेटिङ पाएको छ। विद्यार्थीहरुको शैक्षिक अनुभव र विद्यार्थीहरुको नतिजाको आधारमा सिल्भर रेटिङ पाएको हो। यस विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीहरुले चार वर्षको डिग्री प्राप्त गर्छन्। त्यस्तै, उनीहरुले ई–लाइब्रेरी, ब्ल्याकबोर्ड प्लेटफर्मका साथै समृद्ध शैक्षिक अनुभवसम्मको पहुँच प्राप्त गर्छन्।

कम्प्युटर साइन्स विषय व्यापक ज्ञानसँग विद्यार्थीहरुलाई हरेक ढंगले तम्तयार पार्नको लागि डिजाइन गरिएको छ, यसमा कम्प्युटर साइन्सबारे बृहत ज्ञान, सफ्टवेरको विकास, आर्टिफिसियल इन्टिलिजेन्स, डेटा एनालिटिक्स लगायतका क्षेत्रहरू समेटिएका छन्। यो पाठ्यक्रम विश्वव्यापी उद्योगका आवश्यकताहरु पूरा गर्न र प्राविधिक क्षेत्रका विविध भूमिकाका लागि विद्यार्थीहरु तयार पार्न सक्षम छ।

त्यस्तै, कलेजले प्रदान गरेको अर्को विषय साइबर सेक्युरिटी एण्ड फोरेन्सिक कार्यक्रम साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको महत्वपूर्ण पक्षहरूमा केन्द्रित रहेको छ। यो विषयले डिजिटल एसेस्ट्सहरुको सुरक्षा गर्ने र साइबर अपराधहरूको अनुसन्धान गर्ने जनशक्तिहरुको उत्पादन गर्ने लक्ष्य राखेको छ। विश्वव्यापी रूपमा साइबरसुरक्षा विज्ञहरुको बढ्दो मागलाई पुरा गर्नको लागि यस विषय महत्वपूर्ण छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

हेटौँडामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा १

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने

Techie IT