Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र पानीफोटो सिनेमाघर एपमा रिलिज

चलचित्र पानीफोटो सिनेमाघर एपमा रिलिज


काठमाडौँ। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र पानीफोटो ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ। शुक्रवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ।

गत वर्ष श्रावण १३ गते हलमा रिलिज भएको पानीफोटोमा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ। यसमा खगेन्द्र आफैले पनि अभिनय गरेका छन् भने अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय छ।

टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको यस चलचित्रका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन्। चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा सङ्गमको पार्श्व सङ्गीत छ।

डेढ दशक अगाडि गुरुकुलमा पानीफोटो नामक नाटक मञ्चन भएको थियो। त्यही नाटकमाथि खगेन्द्रले चलचित्र बनाएका हुन्। लामिछानेले हरेक फिल्म मेकरको सिनेमा मार्फत फरक फरक कथा भन्ने सपना हुने बताए। उनले भने, ‘पानीफोटोमा जुन कथा भनिएको छ, त्यो कथा मेरो मनमा गडिएर बसेको भुइँमान्छेहरुको कथा हो। हराएका आफन्तहरू आउलान् भनेर आँखामा आशाको ज्योति लिएर कुरिबसेका हजारौँ भुइँमान्छेको कथा हो।’

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रले द्वन्द्वकालीन समयको प्रभाव अहिले नेपाली समाजमा के छ र के पनि छ भन्ने चलचित्रले स्पष्टसँग देखाउँछ।

यसअघि सिनेमाघर एपमा जय भोले, कबड्डी ४, महापुरुष, जारी जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन्। सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन्। एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ।

पानीफोटो हेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ। यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

Techie IT