Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनको रहस्यमय निमोनिया पुग्यो युरोप र अमेरिका, यी ९ देशमा भेटिए बिरामी

चीनको रहस्यमय निमोनिया पुग्यो युरोप र अमेरिका, यी ९ देशमा भेटिए बिरामी


एजेन्सी । चीनमा बालबालिकालाई बिरामी बनाउने रहस्यमय निमोनिया अहिले युरोप र अमेरिकासम्म पुगेको छ । विश्वका ९ वटा देशमा निमोनियाका केसहरू लगातार रिपोर्ट भइरहेका छन् ।

पछिल्लो समय स्विट्जरल्याण्ड र स्वीडेनमा उक्त केशहरु देखिएको छ ।

यसबाहेक भारतसहित पाँचभन्दा बढी देश अलर्ट मोडमा छन् ।

उक्त देशमा यो निमोनियासँग लड्ने तयारी भइरहेको छ।

सबै देशले चीनमा फैलिएको यो रोगसँग सम्बन्धित तथ्याङ्क मागिरहेका छन् ।

तर, चीनले यसलाई सामान्य ब्याक्टेरिया संक्रमण भनेकै छ ।

चीनमा फैलिएको रहस्यमय निमोनियाको प्रकोप क्रमशः बढ्दै गएको छ ।

अहिले यो एसियासँगै युरोप र अमेरिकामा पनि फैलिरहेको छ । पछिल्लो समय युरोपका धेरै देशमा यसको संक्रमण तीव्र गतिमा बढेको छ । यी देशमा पनि धेरै जसो बालबालिकालाई सास फेर्न समस्या हुने गरेको छ ।

ल्यान्सेटले गत हप्ता प्रकाशित गरेको अनुसन्धानका अनुसार अहिलेसम्म स्वीडेनमा माइकोप्लाज्मा निमोनियाका १४५ भन्दा बढी केसहरू रिपोर्ट गरिएका छन्। यसबाहेक स्विट्जरल्याण्डमा पनि १३२ भन्दा बढी केस फेला परेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT