Techie IT
२०८१ जेठ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालभौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यकः मन्त्री ज्वाला

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यकः मन्त्री ज्वाला


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएका छन्।

अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा उनले यातायात, सडक तथा धार्मिकस्थल निर्माण गर्दा अपाङ्गमैत्री बनाउन मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री ज्वालाले अपाङ्गता भएका वर्गले आत्मनिर्भर र सम्मानीत जीवन बाँच्न पाउने पहिलो अधिकार हुनुपर्नेमा जोड दिए।

उनले भने, “संविधानमा मात्र अधिकारका कुरा उल्लेख गरेर मात्रै पुग्दैन, अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि आत्मनिर्भर र सम्मानित जीवन बाँच्ने वातावरण मिलाउनु राज्यको पहिलो दायित्व हो।”

राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि तीनै तहका सरकार सकारात्मक हुनुपर्ने बताए। “सङ्घ, प्रदेश र स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्घिको कार्यक्रमका लागि आवश्यक बजेट उपलब्ध गर्नुपर्छ” उनले भने।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले राष्ट्रिय अपाङ्गता नीति छिट्टै पारित गर्नुपर्नेमा जोड दिए। उनले भने, “सामाजिक, आर्थिक तथा पर्यावरणीय न्यायको आयाम समेटिएको राष्ट्रिय अपाङ्गता नीति छिट्टै पारित गर्न मन्त्रालयले पहल गरिरहेको छ। अपाङ्गता भएका वर्गलाई मर्यादित जीवन निर्वाह गर्न अहिलेको प्रविधिसँग जोड्नुपर्छ।”

समाज कल्याण परिषद्का सूचना अधिकारी सञ्जयकुमार मल्लिकले सरकारले यस वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ को मूल मर्मलाई आत्मसाथ गरेर कार्यक्रम तयार गर्नुपर्ने बताए।

कार्यक्रममा अपाङ्गता भएका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पार्वती पौडेल, सन्तोष पौडेल, भावुकजङ्ग थापा, शर्मिला विश्वकर्मा, टीकाराम घिमिरे, प्रतिमा शर्मा, गोमा अधिकारी, टेकनाथ न्यौपाने, निर्मला देवकोटा र ईश्वर रैलालाई पुरस्कार दिइएको थियो।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज

काठमाडौँको कपनबाट पेस्तोलसहित १ जना पक्राउ

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहान ११ बजेका लागि

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

Techie IT