Techie IT
२०८१ जेठ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलम्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेले

म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेले


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सिटीको घरेलु मैदान इतिहाडमा खेलमा सुरुवाती अग्रता भने टोटेनहमले लिएको थियो ।

खेलको छैटौं मिनेटमा नै सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा सनले नै आत्मघाती गोल गरेपछि सिटी खेलको १–१ बराबरीमा आयो ।

सिटीका युलियन अल्भारेजले फ्रिकिकबाट प्रहार गरेको बलमा क्लियर गर्न खोज्दा सनले आत्मघाती गोल गर्न पुगे । उनको थाइमा लागेर गोल भएको थियो । ३१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ गोलले अघि बढाए । उनले अल्भारेजको पासमा गोल गरे ।

६९ औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै टोटेनहमलाई २–२ गोलको बराबरीमा ल्याए । उनले सनको पासमा डि–बक्स बाहिरबाट लेफ्ट कर्नरमा सुन्दर गोल गरे । यता, ८१ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई ३–२ गोलको स्थितीमा ल्याए । उनलाई एर्लिङ हालाण्डले पास उपलब्ध गराएका थिए ।

यता, ९० औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमलाई ३–३ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । जोनसनले क्रस गरेको बलमा उनले हेडरमार्फत गोल गरे ।

यो नतिजासँगै सिटी १४ खेलबाट ३० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । सिटीको यो लगातार तेस्रो बराबरी हो । टोटेनहम समान खेलबाट २७ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । आर्सनल ३३ अंकका साथ शीर्षस्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीलाई कीर्तिमानी लिग उपाधि

काठमाडौँ । इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१

काठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेता

काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका

सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे

काठमाडौँ । भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियोमार्फत सुनीलले

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे

काठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् ।

गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकाले

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी

Techie IT