Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालडाक्टर केसीको अनसनले चिकित्सा शिक्षा ऐन परिवर्तन प्रक्रिया रोकिदैनः स्वास्थ्यमन्त्री बस्नेत

डाक्टर केसीको अनसनले चिकित्सा शिक्षा ऐन परिवर्तन प्रक्रिया रोकिदैनः स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर गोबिन्द केसीको अनसन वा आन्दोलनले सरकारले चिकित्सा शिक्षा ऐन परिवर्तन प्रक्रिया नरोक्ने बताएका छन्।

सोमबार चितवनको भरतपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पुरानो ऐनकै कारण मुलुकमा चिकित्सा शिक्षा कमजोर भई बिद्यार्थीले पढ्न नपाउने वातावरण भएकोले सरकारले तत्काल ऐन परिवर्तन गर्न लागिरहेको बताएका हुन्। मन्त्री बस्नेतले डाक्टर केसी कराउँदैमा वा आन्दोलन गर्दैमा यसअघिका सरकार डराएको कारण अहिले लाखौं चिकित्सक शिक्षा पढ्न बाहिर गएको जिकिर समेत गरे।

मन्त्री बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा कर्मचारी थप्ने गृहकार्य समेत गरिरहेको जानकारी दिए। सरकारी स्कुलमा कक्षा १२ सम्म सर निःशुल्क गर्ने तयारी गरेको समेत उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT