Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएनएसएलमा आज खेल नहुने

एनएसएलमा आज खेल नहुने


काठमाडौँ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको नेपाल सुपर लिग (एनएसएल)मा आज खेल नहुने भएको छ। त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण एनएसएलका खेलहरु प्रभावित भएको हो।

त्रिविको दीक्षान्त समारोहका लागि पुस १ र २ गते रंगशाला माग भएपछि एनएसएलको खेल तालिका प्रभावित भएको हो। एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार दीक्षान्त समारोहका कारण दुई दिनको खेल तालिका परिवर्तन भएको हो।

आजको लागि तय भएको काठमाडौँ रेजर्स र धनगढी एफसीबीचको खेल सोमबार साँझ ६ बजेका लागि सारिएको छ।

त्यस्तै, सोमबार ५ बजे तय भएको स्पोर्टिङ इलाम र ललितपुर सिटी एफसीको खेल मंगलबार दिउँसो १ बजे हुने भएको छ। जसले गर्दा मंगलबार दुई खेल हुनेछन्। यी दुई खेल बाहेक अन्य खेल भने पुरानै तालिका अनुसार हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

Techie IT