गृहपृष्ठ ∕ खेल ∕ एफए कपः युनाइटेडलाई हराउँदै सिटी च्याम्पियनएफए कपः युनाइटेडलाई हराउँदै सिटी च्याम्पियन नेपालीपत्र शनिबार, २०८० जेठ २० गते, २१:५३ मा प्रकाशित खेल लण्डन । एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । भर्खरै सम्पन्न खेलमा सिटीले शहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।लण्डनको वेम्बले मैदानमा भएको फाइनलमा सिटीलाई उपाधि दिलाउन इल्काए गुन्डोवानले दुबै गोल गरे भने युनाइटेडका ब्रुनो फनान्डेजले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा नै गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।३३ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए । डी–बक्सभित्र सिटीका ज्याक ग्रिलिसको ह्याण्ड बल भएपछि युनाइटेडले पेनाल्टीका पाएको थियो । खेलको ५१ औं मिनेटमा गुन्डोवानले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटी च्याम्पियन बन्यो । जारी सिजनको प्रिमियर लिग उपाधि समेत जितेको सिटी च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी छ । च्याम्पियन्स लिग पनि जितेमा सिटीले ‘ट्रेबल’ उठाउनेछ । #एफए कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ५ बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन ६ डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो ७ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैनThe Film Nepal