Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालजाडोमा समेत डेंगी संक्रमित भेटिए

जाडोमा समेत डेंगी संक्रमित भेटिए


काठमाडौँ । गर्मीयाममा महामारी बनेको डेंगी संक्रमण योवर्ष मध्य जाडोमा समेत देखिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार डिसेम्बरका १५ दिनमा २९१ जनामा डेंगी पुष्टि भएको छ ।

नोभेम्बरमा दुई हजार १२२ जनामा संक्रमण देखिएको थियो । संक्रमण ३३ जिल्लामा देखिएको बताइएको छ । योसँगै जनवरीयता १५ डिसेम्बरसम्म संक्रमितको संख्या ५१ हजार २४३ पुगेको छ । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै डिसेम्बरमा ४४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

डिसेम्बरमा दैनिक एकजनाभन्दा बढी संक्रमित देखिनेमा काठमाडौँ, झापा, कास्की, तनहुँ, गोरखा, चितवन, पाल्पा, लमजुङ र कैलाली छन् ।

गत वर्ष ९सन् २०२२० मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै मानिस डेंगी संक्रमित भएका थिए । त्यतिबेला ५४ हजार ७८४ जना संक्रमित भइ ८८ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT