Techie IT
२०८२ जेठ २४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्वमन्त्री न्यौपानेको निधन

पूर्वमन्त्री न्यौपानेको निधन


मान्म (कालीकोट) । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित उनको आज बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।

मृगौला रोगबाट समेत पीडित रहेका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी दिए । उनको तीन महिनादेखि प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । न्यौपानेका दुई छोरा र तीन छोरी छन् ।

विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए । कालीकोटको रास्कोट नगरपालिका–८ फुकोट गाउँमा जन्मिएका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

सप्तरीमा डाका समूहद्वारा १ जनाको हत्या

सप्तरी । डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

राजावादीहरू दोस्रो चरणको आन्दोलनको तयारीमा

काठमाडौँ । राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको एक साता लामो आन्दोलन ‘उत्साहजनक रूपमा’ सम्पन्न भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको

Techie IT