Techie IT
२०८२ वैशाख १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थमाप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ को शुभारम्भ

माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ को शुभारम्भ


काठमाडौँ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)को सहकार्यमा माप्य दुधकोशी गाउँपालिका– वडा नम्बर ५ महभीरमा ‘रक क्लाइम्बिङ सेन्टर’ निर्माण गरिएको हो ।

टानले नेपालका नयाँ–नयाँ पदमार्गको खोजी र संरक्षणका लागि पर्यटकीय क्षेत्रहरुका स्थानीय सरकारसँग सहकार्य गरी रक क्लाइम्बिङमार्फत आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरेको छ । ‘रक क्लाइम्बिङ सेन्टर’को शुभारम्भ विश्व कीर्तिमानी हिमालआरोही कामिरिता शेर्पाले गरे ।

त्यस्तै,गाउँपालिकामा ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को पनि शुभारम्भ गरिएको छ । एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गका अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर आनन्दित हुन सकिन्छ । उक्त पदमार्ग चार रात पाँच दिनको छ । शेर्पा समुदायको संस्कृतिसँग जोडिएको उक्त पदमार्ग ‘कुधाम भ्यु प्वाइन्ट’ पुगेर राति बास बस्नका लागि गाउँपालिकाले वासस्थान निर्माण गरिदिएको छ ।

विश्वकीर्तिमानी पर्वतारोही शेर्पाले नेपालका थुप्रै डाँडाहरुमा रक क्लाइम्बिङको ठूलो सम्भावना रहेको बताए । उनले नेपालका डाँडाहरुलाई विश्वमा बेच्नसके पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्र बलियो बनाउन सकिने बताए । उनले विदेशीहरुलाई पर्वतीय क्षेत्रहरु मन पर्ने भएकाले सोलुखुम्बुका डाँडाहरुमा होम स्टे लगायत रक क्लाइम्बिङ सञ्चालन गर्नसकिने ठूलो सम्भावना रहेको बताए । उनले नेपाल पर्यटन बोर्ड विदेशी पर्यटकको पैसा असुल्न मात्रै नभएको भन्दै पर्यटकीय जिल्लाका सम्भावना बोकेका पहाडहरुमा पर्यटकीय गन्तव्य निर्माणको लागि सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय रक क्लाइम्बिङ इन्स्टिच्युट सेन्टरको रुपमा विकास गर्नुपर्ने बताए । उनले त्यसका लागि स्थानीय, प्रदेश,संघीय सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए । पछिल्लो समय स्थानीय तहले जथाभावी मोटर बाटो खन्दै जाँदा पदमार्ग हराउँदै गएकोले सोलुखुम्बुमा पर्यटकलाई आकर्षण गर्न प्रकृति र संस्कृतिलाई सँगसँगै अगाडि बढाउन टानले सहकार्य गर्न लागेको अध्यक्ष बाँस्तोलाले बताए ।

त्यस्तै, कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु पर्यटकका लागि राम्रो सम्भाव्यता बोकेको जिल्ला भएको बताए । उनले जिल्लाको पर्यटकीय विकासका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकार लाग्न आवश्यक रहेको बताए । उनले पर्वतारोहण संघले हिमालको रोयल्टी लिने तर सोलुुखुम्बुमा लगानी गर्ने नगरेको बताए । साथै उनले सरकारले सोलुखुम्बुमा जनताले चाहेको जस्तो पर्यटकीय गन्तव्यको लागि काम गर्न नसकेको बताए ।

त्यस्तै, माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले अघिल्लो कार्यकालमा नै पदमार्ग बनाउने गुरुयोजना दोस्रो कार्यकालमा आएर पूरा भएको बताए । उनले सांस्कृतिक पदमार्ग तथा रक क्लाइम्बिङले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए ।

अध्यक्ष राईले गाउँपालिकाले पर्यटनको विकासलाई विशेष प्राथमिकतामा राखेर सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको बताउँदै उनले गाउँपालिकाले वार्षिक कुल बजेटको २० देखि २५ प्रतिशत रकम पर्यटन विकासका लागि विनियोजन गर्दै आएको बताए । उनले सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उद्देश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

Techie IT