Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘वेलकम टु हेम्जाकोट’ टिमद्वारा पशुपतिनाथमा फलफुल वितरण तथा सरसफाई

‘वेलकम टु हेम्जाकोट’ टिमद्वारा पशुपतिनाथमा फलफुल वितरण तथा सरसफाई


काठमाडौँ। आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफुल वितरण गरेको छ। त्यस्तै, पशुपति क्षेत्रमा यो समुहले सरसफाई समेत गरेको छ।

समाजसेवामा पनि हातेमालो गरौं भन्ने सोचका साथ निर्माण टिमले उक्त कार्यक्रमको आयोजना गरेको निर्माता तेज प्रसाद दाहालले जानकारी दिए। उनी भन्छन्, ‘हामी मनोरन्जन मात्र हैन, सामाजिक काममा पनि उत्तिकै लाग्नुपर्छ भन्ने उद्देश्यले यस्ता काम गरिरहेका छौं। भोलीको दिनमा पनि निरन्तरता दिनेछौं।’

चलचित्रका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक सहित यो कार्यक्रममा केहि अतिथीहरु कलाकारहरु मिस पवी, सुजन कार्की, थिएटरका चर्चित गुरु सुवलमणी सापकोटा, सुरवी सापकोटा लगायत पनि उपस्थित थिए। कलाकारसहित अतिथीहरुले चलचित्रको पोस्टर समावेश टिसर्ट समेत लगाएका थिए।

हिजो मात्रै चलचित्रका केहि कलाकार लोकप्रिय हास्य टेलिसिरियल ‘हल्का रमाईलो’ मा पुगेका थिए। चलचित्रको प्रमोशनका लागि निर्माण टिमले विभिन्न शैली अपनाएको छ।

चलचित्रमा तेजप्रसाद दाहाल, सरोज कुमार पुर्बे, सुमन खड्का, बाबुराम कार्कीको समेत लगानी रहेको छ। चलचित्रका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। निर्माण टिमले यसअघि चलचित्रको पोस्टर, ट्रेलर, गीत सार्वजनिक गरिसकेको छ। चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ, शारदा गिरी, बलदिव राई, स्व।जयनन्द लामा, प्रेविल कँडेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
यो चलचित्रले केहि समय अघि काठमाडौँमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड समेत जितेको थियो। फेस्टिबलमा उपस्थित अतिथीले चलचित्रलाई मन पराएका थिए।

पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको चलचित्रको नाम पनि त्यहिँबाट सापट लिइएको हो। यसले स्थानियस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ।
मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार चलचित्रका डिओपी दिर्घ गुरुङ हुन्। कविराज गहतराज, गम्भिर विष्टको करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान,उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन्।

यस्तै, निर्देशक सरोज पौडेलले भारत, अष्ट्रेलिया, जापान लगायत युरोपका विभिन्न देशमा चलचित्रको विदेश राइट्स समेत बिक्री भइसकेको जानकारी दिए । उनले भने, ‘अवार्ड समारोहमा हेर्ने अतिथीले दिएको प्रतिक्रियाले उत्साहित छु। आशा छ दर्शकले यसलाई मन पराउनुहुनेछ।’

निर्माण टिमले केहि दिनमा काठमाडौँमा प्रिमियरको आयोजना गर्ने तयारी गरेको छ। तर, उक्त मिति भने तय गरिसकेको छैन।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT