Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र घरलाई ईजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध

चलचित्र घरलाई ईजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध


काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्र घरहरूले ईजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

सूचनामा भनिएको छ, ‘नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।’

बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र घररचलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेस गर्न अनुरोध गरेको छ । सो अवधिभित्र कागज प्रमाण पेस नगर्ने चलचित्र घरहरूको सन्दर्भमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

Techie IT