Techie IT
२०८२ मंसीर २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिओलीको कटाक्षः प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट छ

ओलीको कटाक्षः प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट छ


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष गरेका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

‘अहिलको स्थिती र परिस्थिती, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउने मेरो कुनै ईच्छा छैन, ओलीले भने, ‘त्यसकारण म त्यतापट्टि जान चाहन्नँ, कुनै अमनचयनमा खलल पार्न पनि चाहन्नँ । त्यस सीमा भित्र मात्रै म रहन्छु ।’

उनले आफूलाई महामन्त्री विश्वकर्मा शर्माले मेलमिलाप दिवसमा आउनासाथ भाटे कारबाही गरेको भन्दै व्यंग्य गरे ।

उनले व्यग्य गर्दै भने, ‘विश्वप्रकाशजीले अर्काको घर किन बनाइस् कलकत्ता जान गंगाको बाटो किन भनिस् ट्रक नै कुुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् । ट्यांकर चलाउनुपर्ने ठाउँमा । बयलगाढा चलाइराख्याथ्यो हुलाकी राजमार्ग किन बनाइस्, ठूला कुरा गर्ने ? उहाँले आफ्नो प्रचलित शैलीमा लकार्नुभो । त्यसको पनि म जवाफ दिन्नँ त्यतापट्टि पनि म जान्नँ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT