गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सृष्टि र महेशको चलचित्र ‘११.५५’ को सुटिङ सकियोसृष्टि र महेशको चलचित्र ‘११.५५’ को सुटिङ सकियो नेपालीपत्र बिहीबार, २०८० पुस २६ गते, १६:०१ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । ११.५५ मा घट्ने घटनाको वरिपरि रहेर निर्माण गरिएको चलचित्र ‘११.५५’ को सुटिङ सकिएको छ। निर्माण टिमले निर्धारित समयभन्दा तीन चार दिन अघि नै फिल्मको सुटिङ सकाएको जानकारी गराएको हो ।बुधबार मात्र निर्माण टिमले इन्ड क्ल्याप गर्दै फिल्मका कलाकार तथा प्राविधिकलाई धन्यवाद दिएको थियो । सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सागर खनाल र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रलाई केशव पाण्डेले निर्देशन गरेका हुन् । अष्ट्रेलियाको मेलबर्न बस्ने पाण्डेको यो डेब्यु निर्देशन हो । फिल्मलाई पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली मिलेर लेखेका हुन् । फिल्ममा एमएस अग्रजले अभिनय पनि गरेका छन् ।प्रधुम्न मिश्र र रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रलाई भदौमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ । निर्देशक पाण्डेले चलचित्र थ्रिलर विधामा बनेको बताउँदै विधागत फिल्म निर्माणमा यसले छाप छाड्नसक्ने विश्वास व्यक्त गरे । #११.५५ #चलचित्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण ३ चितवनमा कल्भर्टमुनि भेटिएका दुई शवको पहिचान हुन सकेन ४ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and Tradition ५ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with Opportunity ६ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन ७ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ताThe Film Nepal