Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुसी सेनामा भर्ती भएका प्यूठानका सोनु सुनारको मृत्यु

रुसी सेनामा भर्ती भएका प्यूठानका सोनु सुनारको मृत्यु


काठमाडाैँ । रुसी सेनामा भर्ती भएका प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनारको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको छ । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ ।

दुई वर्षअघि रोजगारीका लागि कतार गएका उनी त्यतैवाट रुस गएर सेनामा भर्ती भएका थिए । सुनारको मृत्युबारे परराष्ट्र मन्त्रालयले पुष्टि गर्न बाँकी छ । यसअघि परराष्ट्रले १० नेपालीको मृत्यु भएको पुष्टि गरिसकेको छ ।

मन्त्रालयले मृत्यु पुष्टि गरेकामा स्याङ्जाका हरिप्रसाद अर्याल र प्रितम कार्की, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार कार्की, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् ।

मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरुङको आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन। गुरुङ परिवारले भने उनको काजकिरिया गरिसकेको छ। परराष्ट्रले १० र पारिवारिक स्रोतबाट भएको पुष्टिले १२ नेपालीको मृत्यु भएको खुल्न आएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

काठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका

लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र

Techie IT