गृहपृष्ठ ∕
नेपाल ∕
मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने
जनकपुरधाम । मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने हिजो बसेको मन्त्रीपरिषद्ले निर्णय गरेको मधेश प्रदेश सरकारले जनाएको छ ।
२०७८ साल माघ ३ गते तत्कालीन ‘प्रदेश नं. २’ को ठाउँ “मधेश प्रदेश” नामाकरण गर्नुका साथै स्थायी राजधानी जनकपुरधाम राख्ने निर्णय प्रदेशसभाको बैठकको दुई तिहाइ भन्दा बढी मतले पास गरेको थियो ।
त्यस दिनलाई प्रदेश सरकारले स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको मधेश सरकारका प्रवक्ता समेत रहनुभएका गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।
त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनका सहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको गृहमन्त्री समिमले जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका
चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा
काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार
भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न
काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर
काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन