Techie IT
२०८१ जेठ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठAustraliaप्रतीक साहित्यको अष्ट्रेलियन संस्करण काठमाडौँमा लोकार्पण

प्रतीक साहित्यको अष्ट्रेलियन संस्करण काठमाडौँमा लोकार्पण


काठमाडौँ । चर्चित साहित्यिक म्यागेजिन ‘प्रतीक’को अष्ट्रेलियाली संस्करण नेपालमा लोकार्पण भएको छ । लोकार्पण बिहीबार भएको हो ।

काठमाडौँस्थित अष्ट्रेलियाली राजदूतावासमा भएको कार्यक्रममा ‘फायर एन्ड रेन’ विशेषाङ्क राजदूत फेलोसिटी भोक र हिमाली कविको विश्व पहिचान बनाएका युयुत्सु आरडी शर्माले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

प्रतीकका सम्पादकसमेत रहेका शर्माले साहित्यकार तथा लेखकसमेत रहेकी भोकसँग अन्तरवार्ता लिएका छन् । अन्तरवार्ता प्रतीकको विशेषाङ्कमा समावेश गरिएको छ ।

नेपालबाट प्रकाशन भइरहेको साहित्यिक अङ्ग्रेजी पत्रिका ‘प्रतीक’, एसिया प्यासिफिक राइटर्स एन्ड ट्रान्सलेटर्स र रेड रुम पोयट्रीको सहकार्यमा प्रकाशित विशेषाङ्क हो जसका सम्पादकमा साहित्यकार शर्मा, स्याली ब्रिन र जेनिफर म्याकेन्जी छन् ।

विशेषाङ्कमा प्राकृतिक र सहरी विश्वको सम्बन्धबारे चिन्ता र अनिश्चितता तथा हिंसा र कोमलतासम्बन्धी विषय अभिव्यक्त छन् ।

राजदूत भोकका दुई उपन्यास ‘लाइटनिङ’ र ‘डिजायर लाइन्स’ शीर्षकमा प्रकाशन पनि भइसकेका छन् । सो अवसरमा राजदूत तथा साहित्यकार भोकले जहाँ बसेका भए पनि मानिसको अनुभव विश्वव्यापी नै हुने बताउँदै ‘प्रतीक’ को अस्ट्रेलिया विशेषाङ्क नेपाल र विश्वभरका लागि अस्ट्रेलियाली लेखकहरूलाई बुझ्ने पाउने एक उपहार हुने बताइन भने युद्ध र जलवायु परिवर्तनको यस समयमा मानवता नै आवश्यक हुने तर्क गरिन ।

विशेषाङ्कका सम्पादक शर्माले राजदूत भोक वास्तविक रूपमा भाषा, साहित्य र संस्कृतिको पनि राजदूत भएको विचार राख्दै उहाँकै सहयोगमा आदिवासी जनता, जलवायु परिवर्तन, पुर्खाका स्मृति प्रस्तुत विशेषाङ्क प्रकाशन गर्न सकिएको बताए ।

भोकको एक उपन्यास लेखक शर्मा र साहित्यकार अमर आकाशबाट नेपालीमा अनुवाद भइरहेको जनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौँ : नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रोचक लाइनअप

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै

परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान…

काठमाडौं। अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने

‘चपली हाइट–३’ २०० रुपैयाँमा हेर्न सकिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा…

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको

Techie IT