Techie IT
२०८१ वैशाख २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमुलुक कांग्रेसकै नीतिअनुसार चलेको छ: उपसभापति खड्का

मुलुक कांग्रेसकै नीतिअनुसार चलेको छ: उपसभापति खड्का


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन् । शनिबार कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए ।

उनले आगामी महासमिति बैठकपछि पार्टीले थप ठूलो आशा र भरोसा जाग्ने गरि अभियान सुरु गर्ने जानकारी पनि दिए ।

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका उपसभापति खड्काले काँग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पङ्क्तिबिच खटपट हुने नदिने गरि काम गर्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि र पार्टी पङ्क्ति मिलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बीचमा जान थप सहज हुने उनको भनाइ थियो ।

उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरे । उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

२०४६ सालपछि विकास निर्माणको ठूलो काम काँग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्‍याउन नसकिएको उनको भनाइ थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौँ । दरबारमार्गबाट हुन्डीको ९८ लाखसहित दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख

आज सर्बत र जौको सातु खाने दिन

काठमाडौँ । आज वैशाख शुक्ल तृतीयाको दिन अक्षय तृतीया पर्व मनाइँदैछ । यस दिनमा हिन्दु धर्मावलम्बीहरुले ब्रह्मा, विष्णु, महेश्वरको आह्वान

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ । संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन

बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल

लणडन । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको

पूर्वगोलकिपर मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर विकास मल्लले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रमानुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स

‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक

काठमाडौँ । फ्याक्टस् अनुसन्धान र विश्लेषणले नयाँ पुस्तक ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक गरेको छ । डाटा र इन्फोग्राफिक संकलित

Techie IT