Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण


सुनसरी । नेकपा एमालेकी सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् ।

सांसद चौधरीले शुक्रबार बर्जु वडा नं. ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन् । नेकपा एमाले बर्जु वडा नं. ४ को भेला समेत रहेको कार्यक्रममा बोल्दै चौधरीले समाज रुपान्तरण र समाजमा ब्याप्त गरिबी, असमानता र विभेद गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताउँदै तराईका जनता शितलहरबाट आक्रान्त भइरहँदा राज्यले नदेख्नु दुर्भाग्य भएको बताइन् ।

सुनसरी क्षेत्र नं. ३ को विकासमा आफु सदैव लागि पर्ने बताउँदै बर्जु, गढी गाउँपालिकाका भूमिहिन, गरिब विपन्न नागरिकका जनतालाई आवास निर्माणमा आफुले पहल गरिरहेको पनि बताइन् । केही समय अगाडी सो क्षेत्रका भूमिहिन नागरिकलाई घर बनाईदिन चुची फाउण्डेशनले स्थलगत अध्ययन गरेकोमा बर्जु र गढी गाउँपालिकासँग आवश्यक समन्वय भइरहेको समेत चौधरीले बताइन् ।

सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरुको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र विकास निर्माणका कार्यहरुमा भए गरेका कार्य प्रगतिको आफुले अनुगमन र मुल्यांकन गरिरहेको पनि जनाइन् । साथै, उनले उक्त योजना र विकास निर्माणका कार्यहरूमा कुनैपनि ढिलाइ हुन नहुने जिकीर गरिन् ।

सांसद चौधरीसँगै प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिका उपप्रमुख नितु चौधरी लगायतले पनि गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका थिए । चौधरीले यसअघि इटहरी उपमहानगरपालिका वडा नं। ८ हरिजनवस्ती, सोनापुरको मुसहरवस्तीमा पनि न्यानो कपडा वितरण गरेकी थिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT