Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रधानमन्त्री कप क्रिकेटमा बागमतीसँग कर्णाली पराजित

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीसँग कर्णाली पराजित


काठमाडौँ । कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।

कर्णालीले प्रस्तुत गरेको ७९ रनको समान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे । त्यस्तै रविन जोशीले अविजित १६ रन बनाए । आशुतोष घिरैयालाई नौ रन जोड्दा रित गौतमले आठ बनाए । कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिए ।

यस जितसँग बागमतीले छ खेलमा चारमा जित तथा दुई हारसहित आठ अङ्क जोडेको छ । बागमतीले यसअघि मधेस प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशलाई हराएको थियो । त्यस्तै नेपाल पुलिस क्लब र एपिएफसँग भने बागमती पराजित भएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमतीका लागि रिजन ढकालले पाँच विकेट लिए भने इशान पाण्डेले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एक÷एक विकेट लिए । यस हारसँगै कर्णाली पाँच खेलमा दुई जित र तीन हारसहित चार अङ्क जोड्दै अङ्क ताकिलाको सातौँमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT