Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यसञ्चारकर्मी अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

सञ्चारकर्मी अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण


काठमाडौँ । सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौँमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले उत्त पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रम लेखिका अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी गराए । आफ्नो स्वागत मन्तव्य राख्दै उनले भने, ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु ।’

पुस्तकका रहेका स्रष्टामध्येबाट उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितमा रहँदा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँदै केही कमिकमजोरीका बाबजुद पनि राम्रो कृति आएको बताए । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितमा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गरे ।

यस्तै, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी अन्तर्र्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्टले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनको सक्रियताको तारिफ गरेका थिए ।

सञ्चारिकका समूह अध्यक्ष विमला तुम्खेवाले महिला सञ्चारकर्मीले अघि बढनका लागि हाम्रो समाजमा निकै संघर्ष गर्नुपर्ने तीतो यथार्थ रहेको बताउँदै गीताले पनि संघर्ष गर्दै आफूलाई अघि बढाइरहेको जिकिर गरिन् । महिला दबाक समूहकी अध्यक्ष कल्याणी शाहले नेपाली महिलाहरू आज पनि विभिन्न समस्याबाट गुज्रिरहेको बताउँदै गीतका कार्यको तारिफ गरेका थिए । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अधिकारीले यसमा संलग्न गरेका कृति र उनका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्य रहेको बताइन् ।

यस्तै, प्रा. पुरुषोत्तम दाहालले आफ्नो कविता कृति ‘काला बादलमा उज्याला पाइला’का बारेमा पनि यसमा समावेश भएको बताउँदै यसमा धेरै विधाका कृति रहेको बताइन् । आफ्नो ‘शान्ता’ उपन्यासका बारेमा चर्चा गर्दै उनले गीताले यस कृतिलाई जन्म दिएर आज आमा बनेको धारणा राखिन् ।

गीतकार गणेश सुवेदीले सहजिकरण गरेको कार्यक्रममा अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

गीता अधिकारीले कला मनोरञ्जन पत्रकारितमा आफूलाई संलग्न गराउँदै आएकी छन् । उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता र दर्शकमाझ आएका छन् ।

चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारीमा रहेर कुशल कार्यसम्पादन गरेकी गीतको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको पहिलो कृति हो । गीताले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याएकी हुन् । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको १९२ पेजको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

तस्बिरः सुरेन्द्र थापा




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT