Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालघुम्टे परिवारकोको आयोजनामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

घुम्टे परिवारकोको आयोजनामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौँ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको आयोजनामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले सोमबार घुम्टे युवा परिवार जापान शाखाका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान एवं अन्तरकृया कार्यक्रम गरेको हो ।

कार्यक्रममा घुम्टे युवा परिवारका केन्द्रिय अध्यक्ष थम्मन थापा सन्देशले संस्थाको अवधारणा र घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिनेश थापाले शाखाका विविध गतिविधीको जानकारी सहित मन्तव्य राखेका थिए ।

सो अवसरमा केन्द्रीय कार्यालयले जापानबाट बिदामा नेपाल आउनु भएका घुम्टे युवा परिवार जापान शाखाका पदाधिकारीहरुलाई स्वागत सहित सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले घुम्टे युवा परिवार गलकोट क्षेत्रकै अग्रणी सामाजिक संस्थाको रुपमा परिचित रहेके भन्दै आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने, सामाजिक कृयाकलापमा संस्थाको भूमिका तथा समृद्ध समाज निर्माण कसरी गर्ने, केन्द्रीय कार्यालय र घुम्टे युवा परिवार जापान शाखा बिचको सहकार्य लगायतका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका कार्य समिति पदाधिकारीहरु, सल्लाहकार सदस्यहरु, घुम्टे युवा परिवार जापान शाखाका पदाधिकारीहरु, शुभेच्छुकहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, उपाध्यक्ष जीवन साहानीको स्वागत र कोषाध्यक्ष सन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT