Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaफिल्म चित्राको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने

फिल्म चित्राको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने


काठमाडौँ । बाबुछोरीको पारिवारिक कथा बोकेको फिल्म चित्राको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ ।

निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फरवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा प्रमियर हुनेछ ।

निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले सो प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु समेत सहभागी हुने जानकारी दिएका छन् ।

फिल्मबाट मिलेको प्रतिक्रियाबाट हौसिएका अधिकारीले आफ्नो कर्मभूमि अष्ट्रेलियाका फिल्ममेकरले जन्मभूमि नेपाललाई आफ्नो छायाँकन गन्तव्यका रुपमासमेत चिनुन भन्ने उदेश्यले सिनेमाको प्रिमियर गर्न लागिएको जानकारी दिए । उनले पर्यटनलाई पनि केही टेवा मिल्न सक्ने बताए ।

उनले यसलाई आफ्नो देशका लागि गरेको व्यक्तिगत प्रयास भनेका छन् । सो प्रिमियरको टिकटदर ३० अष्ट्रेलियन डलर तोकिएको छ ।

नेपालको झल्को दिने प्रिमियरस्थल तास्मानियामा भूटानी नेपालीसहितका नेपालीहरुको उल्लेखनीय बसोबास रहेको छ ।

घनश्याम लामिछाने निर्देशित फिल्म पौस २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। पौषको २२ गते गरिएको प्रिमियरमा फिल्मले प्रशंसा बटुलन सफल भएको थियो ।

यो फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

Techie IT