गृहपृष्ठ ∕
नेपाल ∕
मन्त्रिपरिषद् बैठकले गर्यो तीनवटा निकायमा नियुक्ति मन्त्रिपरिषद् बैठकले गर्यो तीनवटा निकायमा नियुक्ति
काठमाडौँ । राष्ट्रिय योजना आयोगको रिक्त एक सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसाद नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको रिक्त सदस्य पदमा प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
मन्त्रिपरिषद्को बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको प्रस्तावमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ।राई यसअघि निगमकै सञ्चालक समिति सदस्य थिए ।
मन्त्रिपरिषद्ले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँकी डा. सहारा श्रेष्ठलाई मनोनयन गरेको छ । मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजकत्वमा रहेको राष्ट्रिय व्यापार सहजीकरण समिति निजी क्षेत्रलाई पनि राखेर गठनको निर्णय गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो