गृहपृष्ठ ∕ खेल ∕ कतारले जित्यो एसिया कपको उपाधिकतारले जित्यो एसिया कपको उपाधि नेपालीपत्र आईतबार, २०८० माघ २८ गते, ०७:४६ मा प्रकाशित खेल काठमाडौं । आयोजक कतारले एसिया कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।शनिबार लुसियल रंगशालामा भएको फाइनल खेलमा कतारले जोर्डनमाथि ३–१ को सानदार जित निकाली लगातार दोस्रोपटक उपाधि हात पारेको हो ।कतारका स्ट्राइकर अफिफले ह्याट्रिक गरेका थिए । उनले तीन वटै गोल पेनाल्टीद्वारा गरेका हुन् । उनले खेलको २२औँ मिनेटमा पहिलो पेनाल्टी गोल गर्दै कतारलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडि रहेको कतार दोस्रो हाफमा दबावमा देखिएको थियो ।खेलको ६७औँ मिनेटमा अल निमातले जोर्डनलाई १–१ को बराबरीमा पुर्याए । खेलको ७३ओँ मिनेटमा कतारले दोस्रो पेनाल्टी पायो । यसपटक पनि अफिफले सहजै गोल गरे । अन्तिम पाँच मिनेटको अतिरिक्त समयमा अफिफले नै पेनाल्टीमा गोल गर्दै कतारलाई च्याम्पियन बनाए । #Qatarग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदैकाठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधिकाठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजितकाठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्यकाठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आजकाठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटाधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ३ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ४ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट ७ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्डThe Film Nepal