Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थमाइडियाको ‘चेस्ट फ्रिजर’ नेपाली बजारमा

माइडियाको ‘चेस्ट फ्रिजर’ नेपाली बजारमा


काठमाडौँ । नेपालका लागि प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको ‘चेस्ट फ्रिजर’ नेपाली बजारमा ल्याएको छ ।

५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा २४ डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ ।

कम्पनीका आनुसार माइडियाको चेस्ट फ्रिजरको ५ साइड कुलिङ सिस्टम र क्विक फ्रिजिङ सिस्टम, डी सेप्ड रेफ्रिजेरेटिङ ट्युब प्लेसमेन्ट, यो चेस्ट फ्रिजरले टु वे युनिफर्म रेफ्रिजेरेजन टेक्नोलोजीको मद्दतले छिटो र प्रभावकारी कुलिङ सुनिश्चित गर्दछ ।

यसले गुणस्तरमा कुनै सम्झौता नगरी फ्रिज गरिएका सामानहरू लामो समयसम्म ताजा रहन्छ भन्ने ग्यारेन्टी दिन्छ साथै उपभोक्ता र व्यवसायहरूका विभिन्न आवश्यकताहरू पूरा गर्न अत्याधुनिक सुविधाहरू रहेको चेस्ट फ्रिजर असाधारण डिजाइनलाई संयोजन गर्दछ। चेस्ट फ्रिजर १५३०/७४५/८७५ एमएम डाइमेन्सन रहेको छ।

यसमा रहेको ५०८ लिटर क्षमताले आवस्यक पर्याप्त सामान भण्डारण गर्न सहज हुने र भित्र रहेको एलइडी लाइटले उपभोक्तालाइ कम उज्यालो अवस्थामा पनि सहज बनाउँछ ।

पफर्मेंस मात्र नभएर चेस्ट फ्रिजरको डिजाइन पनि अत्यान्त उत्कृस्ट रहेको छ, यसको पातलो र अधिक कुशल इन्सुलेशनले भित्री क्षमता मात्र बढाउँदैन, स्थिर तापक्रम पनि कायम राख्छ, परिणामस्वरूप ऊर्जा खपत कम हुन्छ । यसको खरिद गर्दा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार माइडिया ब्रान्डका ९९लिटर, १४३, १९४ र १९८ लिटर क्षमता चेस्ट फ्रिजर नेपाली बजारमा उपभोक्ताले अन्त्यन्त रुचाएका चेस्ट फ्रिजर हुन् ।

त्यस्तै मल्टि डोर रेफ्रिजेरेटर, साइड बाइ साइड रेफ्रिजेरेटर, माइक्रोवेभ ओभेन, एयर फ्रेयर, वासिङ मसिन, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न माइडिया ब्रान्डका अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको कम्पनीको भनाई छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT