Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलमाल्दिभ्सविरुद्ध नेपाल २१४ रनले विजयी, रुविनाको कीर्तिमानी शतक

माल्दिभ्सविरुद्ध नेपाल २१४ रनले विजयी, रुविनाको कीर्तिमानी शतक


काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध २१४ रनको फराकिलो जित निकालेको छ । रुविना क्षेत्रीको ऐतिहासिक शतकप्रेरित खेलमा नेपालले शानदार जित निकालेको हो ।

मंगलबार मलेसियाको बांगीमा पूर्वकप्तान समेत रहेकी रुविनाले शतक बनाएपछि नेपालले २२७ रनको योगफल तयार गरेको थियो । नेपाली महिला टिमबाट कुनै पनि ब्याटरले शतक बनाएको यो पहिलो पटक हो ।

दोस्रो इनिङमा नेपालले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १३.५ ओभरमा सबै विकेट गुमाएर १३ रनमात्र बनाउन सक्यो । माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका अस्मिना कर्माचार्यले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी अस्मिनाले सात रनमात्र खर्चिइन् ।

अलराउन्डर प्रदर्शन गरेकी रुविनाले ३.५ ओभर बलिङ गर्दा दुई रन खर्चिएर तीन विकेट लिइन् । तीन ओभर बलिङ गरेकी पुजा महतोले पनि दुई रन खर्चिएर तीन विकेट लिइन् । माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो ।

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो ।

नेपालले कीर्तिमानी ब्याटिङमा रुविनाले पनि कीर्तिमानी प्रदर्शन गरिन् । माल्दिभ्सविरुद्ध ११८ रनको अविजित इनिङ खेलेकी रुविना नेपाली महिला टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो ब्याटर बनिन् । रुविना माल्दिभ्सविरुद्ध ५९ बलमा ११८ रनमा अविजित रहिन् । रुविनाले यसअघि सीता रानामगरको नाममा रहेको ८२ रनको कीर्तिमान तोडेकी हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT