Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलपाँचथर गोल्डकपमा नेपाल र भारतका आठ टिम सहभागी हुने

पाँचथर गोल्डकपमा नेपाल र भारतका आठ टिम सहभागी हुने


पाँचथर । पाँचथरको फिदिममा चौथो संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका आठ टिम सहभागी हुने भएका छन् ।

आगामी फागुन १२ देखी हुने गोल्डकपमा त्रिभुवन आर्मी क्लब काठमाडौँ, हिल्स फुटबल एकेडेमी भारत, राइटलेन एजुकेशन बाग्मती युथ क्लब सर्लाही, पथरी ११ फुटबल क्लब मोरङ, झापा ११ फुटबल क्लब झापा , नमो बुद्ध युवा फुटबल क्लब सप्तरी, रेड हर्स फुटबल क्लब इलाम र आयोजक पाँचथर क्लब सहभागी हुने भएका हुन् ।

फिदिम मा।वि।को खेल मैदानमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको ‘ चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको हो । प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उप विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर खेलाडी र अफिसियल १ सय २८ जना, रेफ्री ४ जना र २ सय जना दर्शकहरूको दुर्घटना बीमा समेत गरिने आयोजक क्लबका सचिव योगराज सेढाईले जानकारी दिनुभयो ।

यस्तै खेलको म्यान अफ द म्याचलाई ५ हजार, वेस्ट कोच,हाई स्कोरर, वेस्ट डिफेन्डर, गोलकिपर, मीड फिल्डर लाई १० हजारको दरले पुरस्कार दिइने छ । राइजिङ प्लेयर १५ हजार, हरेक दिन १ जनालाई फ्यान अफ द म्याच र सुट आउट हिरोलाई २ हजार ५ सय का दरले पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT