Techie IT
२०८२ असोज ३०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रसूति गृहबाट शिशु चोर्ने महिला पक्राउ, यस्तो उनले दिएको प्रारम्भिक बयान

प्रसूति गृहबाट शिशु चोर्ने महिला पक्राउ, यस्तो उनले दिएको प्रारम्भिक बयान


काठमाडौँ । थापाथलीस्थत प्रसूति गृहबाट शुक्रबार २६ दिनको शिशु चोरी गरेर पक्राउ परेकी दैलेख नौमुलेकी २६ वर्षीया मानकुमारी सिंहले शिशु चोरी गर्नुको कारणबारे प्रहरीलाई प्रारम्भिक बयान दिएकी छन् ।

शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो ।

स्रोतका अनुसार, प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । उनले बाटोमा जन्माएर ल्याएको दाबी गरेको एक अधिकृत बताउँछन् ।

तर, सीसी टीभी फुटेज, त्यसबेला लगाएको लुगा लगायतका आधारमा उनले शिशुलाई प्रसूति गृहबाट ल्याएको पुष्टि हुने अधिकृतहरु बताउँछन् ।

प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।

सीसी टीभी फुटेजमा उनलाई लिन एक किलोमिटर परसम्म उनकी दिदी गएको देखिएको छ । त्यसैले प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको छ ।

‘चोरी गर्ने योजना अनुरुप नै प्रसूति गृह गएको हो कि जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फर्किएर आउँदा निकैपरसम्म दिदी पनि लिन गएकाले उनी यसबारे जानकार हुनसक्ने देखिन्छ ।’

प्रहरीले नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि नियन्त्रणमा लिएको छ ।

शिशुलाई भने मध्यराति नै आफ्नो बुबाको जिम्मा लगाइएको छ । ‘स्वास्थ्यको विषय पनि हुन्छ, त्यसैले शिशुलाई परिवारको जिम्मा लगाइसक्यौं’, एक अधिकृतले भने ।

उनी ट्याक्सीमा गएकी थिइन्

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, शुक्रबार दिउँसो केहिवेरका लागि शिशु समातेकी मनकुमारी त्यहाँबाट निस्किएर ट्याक्सी चढेकी थिइन् ।

प्रहरीले शुक्रबार साँझ ट्याक्सी चालकलाई समेत नियन्त्रणमा लिएर खोजी थालेको थियो । त्यसक्रममा सिंह पेप्सिकोलामा ओर्लिएर डेढ हिँड्दै घरसम्म गएको खुलेको छ ।

बाटोमा लिनलाई उनको दिदी पनि आएको देखिएको छ ।

काठमाडौं प्रहरीले पक्राउ परेकाहरुविरुद्ध के कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लगाइसकेको छैन

यस्तो छ बयान
पटकपटक मेरो बच्चा खेर गयो । हालै मात्र पनि मेरो बच्चा खेर गएको छ । त्यही कारण ब्लिडिङ भइरहेको छ । मेरो श्रीमान नेपाली सेनामा हुनुहुन्छ । उहाँ पोष्टिङ दोलखामा हो । कहिले काहीं बिदामा मात्र आउनुहुन्छ । धेरै प्रयास गर्दा पनि बच्चा नबसेपछि श्रीमान पनि निराश हुनुहुन्छ । म पनि मानशिक रुपमा विछिप्त भइसकें । पछिल्लोपटक बच्चा खेर गएको विषयमा मैले उहाँलाई भनेको छैन । अत्याधिक ब्लिडिङ भएपछि म उपचारका लागि प्रसूति गृह गएकी थिएँ ।

केही दिनदेखि कसैको बच्चा पाए पनि लैजान हुन्थ्यो भन्ने मनमा कुरा खेलिरहेको थियो । अस्पतालमा आमाले छाडेका बच्चाहरु पाइन्छ रे भन्ने सुनेकी थिएँ । कसैको बच्चा लिएर भाग्न पाए पनि हुन्थ्यो भन्ने सोच पनि आउँथ्यो बेलाबेलामा । म अस्पतालको बाहिर उभिएको थिएँ । एक जना बहिनीले मेरो बच्चा केहीबेर समाइदिनुस् न भन्नुभयो ।

उहाँको हातमा फोहोर थियो । उहाँ फोहोर फाल्न भनेर डस्बिन भएतिर गएपछि म बच्चा लिएर बाहिर निस्किएँ । ट्याक्सी चढेर सिधै काँडाघारी डेरामा आएँ । श्रीमानलाई पनि फोन गरेर बच्चा जन्मिएको जानकारी दिएँ । उहाँ खुसी हुनुभयो । काठमाण्डु आउँछु भन्नुभएको थियो । राति नै पक्राउ परें । अहिले मलाई गल्ती गरिएछ भन्ने महसुस भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT