Techie IT
२०८१ जेठ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रतिपक्ष दलको विरोधपछि संसद बैठक स्थगित

प्रतिपक्ष दलको विरोधपछि संसद बैठक स्थगित


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए । सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए ।

तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन नखोजेपछि एमाले सांसदहरुले नाराबाजी गरेका हुन् । सभामुख घिमिरेले सोमबारको बैठक महत्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे । तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसद उठेर विरोध जनाइरहे ।

यसपछि सभामुख घिमिरेले सोमबार नै बस्नेगरी १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी

काठमाडौँको थलीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५, सानोथलीमा मंगलबार बिहान मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । मृतक

गृहमन्त्री लामिछानेविरूद्ध कांग्रेस उपसभापति गुरूङले दिए निवेदन

काठमाडौँ । प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन् । सभामुख देवराज घिमिरेलाई सम्बोधन

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिनेछन् । सोमबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको

संसदीय छानबिन समितिमा दलहरूबीच सहमति हुन सकेन

काठमाडौँ । सहकारीको रकम ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको बारेमा दलहरूबीच आइतबार पनि सहमति हुन सकेको छैन । बिहानैदेखि

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन सर्वोच्चमा उपेन्द्रको…

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७

Techie IT