गृहपृष्ठ ∕
नेपाल ∕
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित सहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण गराउन पुुगेको दाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङमा मोही किसानहरुले गरिरहेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन् । दाङमा मोही किसानहरुले जग्गा प्राप्तिको माग गर्दै लामो समयदेखि आवाज उठाउँदै आएको र गएको हप्तादेखि सडक संघर्षमै उत्रिएको जानकारी गराउँदै मन्त्री शर्माले वार्ता समिति गठन गरेर संघर्षरत किसानका मागहरु टेबल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेकी थिइन् ।
तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाणपूर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै मोही किसानहरु आन्दोलनमा उत्रिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो
काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको
काठमाडाैँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले
काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंको माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् । सिंहदरबारको
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको क्षमता
काठमाडौं । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरु गरिएका छन् । प्रदेशको दुई