Techie IT
२०८२ भदौ ८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालबारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु, ४ जना घाइते

बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु, ४ जना घाइते


काठमाडौँ । बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिकामा सोमबार दिउँसो भएको ग्यास सिलिन्डर बिस्फोटमा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको हो ।

घाइते भएकामध्ये निजगढ नगरपालिका– ५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानले जानकारी दिए । थप उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा मगरको मृत्यु भएको उनले बताए । न्यौपानेका अनुसार उनी रोहित वर्कसपका सञ्चालक हुन् ।

बिस्फोटमा परि घाइते हुनेहरुमा नगरपालिका–५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान, भारतको गवाईका ३५ वर्षीय राकेश जयसवाल र भारतको रामगढवाका २० वर्षीय अरविन साह रहेको उनले बताए ।

घाइतेमध्ये थापाको सामुदायिक प्रसुति गृह अस्पताल निजगढमा उपचार भइरहेको र अन्यको वीरगञ्जस्थित नारायणी बयोद्धा अस्पतालमा उपचार भइरहेको न्यौपानेले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय

Techie IT