Techie IT
२०८२ भदौ २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबजेट निर्माणमा राजश्वमारा ‘मुसा’को प्रवेश भयोः शंकर पोखरेल

बजेट निर्माणमा राजश्वमारा ‘मुसा’को प्रवेश भयोः शंकर पोखरेल


काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजेट निर्माणमा फेरि पनि राजश्वमारा ‘मुसा’ को प्रवेश गरेको टिप्पणी गरेका छन्। मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन्।

बजेट निर्माणमा करका दर फेर्न अनधिकृत व्यक्तिको संलग्नता भएको समाचार बाहिरिएपछि उनले करका दर निर्धारण गर्न पूर्वकर्मचारी वा व्यापारिक घरनाका प्रतिनिधि नै खुलेआमरूपमा राख्न थालेपछि अर्थतन्त्र संकटमा पर्‍यो भनेर रोइलो गर्नुको के अर्थ रह्यो र? भन्दै प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विगतमा कर निर्धारणमा आवान्छित व्यक्तिको संलग्नताकै कारणले दुवै छिमेकीको अर्थतन्त्र सकारात्मक रहेको अवस्थामा नेपाल आर्थिक मन्दीमा गयो। मुलुकको राजश्व नै घट्न गएको समयमा निश्चित व्यापारिक घरनाको सम्पत्ति एक वर्षमा झण्डै आधा खर्वको हाराहारीमा वृद्धि हुन पुग्यो। यसबाट पाठ सिके होलान् भनेको त यसपालि त झन् प्रधानमन्त्रीकै निर्देशनमा आवाञ्छित व्यक्तिलाई संलग्न गराइ राजश्वका दर निर्धारण गरिएको जानकारी आउनु अत्यन्त दुखद पक्ष हो।’

यस पटक बजेट निर्माणको गोप्य सूचना चुहाइएको/पूर्वयोजना अनुरूप सेटिङ गरिएका कारणले राज्यले गाडीको आयातमा मात्र अर्वौको राजश्व गुमाएको उनको भनाइ छ। बजेट भाषणको पूर्वसन्ध्यामा भन्सारबाट अस्वाभाविक रूपमा आयात गरिएका सामानहरू सेटिङका परिणाम भएको पोखरेलको जिकिर छ।

उनले लेखेका छन्, ‘अघि पछि एकदिनमा कति सामान आउँथ्यो र बजेटको पूर्वसन्ध्यामा किन अस्वाभाविक सामान आयो यसको छानबिन हुनु आवश्यक छ। संसदले अस्वाभाविक रूपमा आयात भएका वस्तुको कर पुरानै अवस्थामा फर्काउन सक्नु पर्दछ।’

यस पटकको बजेटमा आम जनताको भान्सारजीवनलाई महँगो बनाउने र सभ्रान्तहरूले प्रयोग गर्ने विलासिताका वस्तुहरूमा करछुट दिने काम भएको आरोप लगाए।

‘कर निर्धारणको सिद्धान्तका हिसाबले यो पूर्णतः गलत हो। यसमा निश्चित वस्तुको आयातकर्ताको प्रभाव बजेटमा परेको स्पष्ट देखिन्छ’, उनले भनेका छन्, ‘विगतमा सुर्तीजन्य वस्तुमा लाग्दै आएको करको औसतवृद्धि दरको तुलनामा यसपटक अत्यन्त न्यूनदरमा वृद्धि गरेर मिलोमतो गर्ने काम भएको देखिन्छ। छिमेकी मुलुकहरूको तुलनामा नेपालमा सुर्तीजन्य पदार्थलाई सस्तो बनाउने कुरा जनताको स्वास्थमाथिको खेलवाड हो।’

यस प्रकारको नियोजित अपराधका लागि सरकारलाई संसदीय कठघरामा उभ्याउनु, गम्भीर ढंगले छानबिन गर्नु र अपराध गर्नेलाई दण्डित गर्नुपर्ने उनले माग गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

Techie IT