Techie IT
२०८१ जेठ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालमिटरब्याज पीडितको समस्या अदालती प्रक्रियासँग सम्बन्धित छः प्रधानमन्त्री

मिटरब्याज पीडितको समस्या अदालती प्रक्रियासँग सम्बन्धित छः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितका धेरै समस्या समाधान भएको र केही समस्या मात्र बाँकी रहेको बताएका छन् ।

बाँकी रहेका समस्या सरकारले समाधान गर्ने भन्दा पनि अदालती प्रक्रियासँग सम्बन्धित रहेको भन्दै उनले यसको समाधानका लागि अदालतसँग समन्वय गर्ने काम भइरहेको बताएका छन् ।

बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले मिटरब्याजीहरुले कपाली तमसुक र अन्य कागजात पनि बनाएकाले अदालतबाट फैसला उनीहरुकै पक्षमा आउने देखिएको बताए ।

यो विषयको गहिराइलाई अदालतले पनि राम्रोसँग बुझ्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार अदालत सबै मिलेर मात्र यो समस्या समाधान गर्न सकिन्छ । त्यो कोशिस सरकारले गरिरहेको छ ।’

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि भन्दै मुलुकी संहिता संशोधन गरेर अनुचित लेनदेनसम्बन्धी प्रावधान समावेश गरेको थियो । समस्या समाधानका लागि जाँचबुझ आयोग पनि गठन गरेको थियो । जाँचबुझ आयोगले जनकपुरमा कार्यालय नै स्थापना गरेर उजुरी आह्वान गर्ने, साहुकार र मिटरब्याज पीडितबीच समन्वय गराउने लगायतका काम गरेको थियो । तर आयोगको म्याद सकिइसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज

काठमाडौँको कपनबाट पेस्तोलसहित १ जना पक्राउ

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहान ११ बजेका लागि

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

Techie IT