Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनआइएनएनएफको नयाँ कार्यसमिति चयन

आइएनएनएफको नयाँ कार्यसमिति चयन


काठमाडौँ । इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ)ले पाँच दशक लामो समय नेपाली चलचित्र कलाको क्षेत्रमा योगदान गरेका पाँच बिशिष्ट कलाकर्मीलाई ‘चलचित्र स्वर्णिम सम्मान–०८०’ बाट सम्मानीत गरेको छ ।

आइएनएनएफले बिहीबार राजधानीमा आयोजीत आफ्नो प्रथम साधारण सभाको अबसरमा पाँच मुर्धन्य चलचित्रकर्मी नीर शाह,उद्धव पौडेल,भुवन चन्द,मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई उनीहरुको अनवतर योगदानको कदर स्वरुप सम्मान प्रदान गरेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आथित्यतामा आयोजीत कार्यक्रममा पाँच चलचित्रकर्मीलाई ‘चलचित्र बिशेष ब्यक्तित्व सम्मान–०८०’ बाट बिभूषित गरियो । चलचित्र बिशेष ब्यक्तित्व सम्मान पाउनेमा बरिष्ट अभिनेता,निर्देशक रमेश बुढाथोकी,अभिनेत्री गौरी मल्ल र करिश्मा मान्नधर, अभिनेता रबिन्द्र खड्का र निर्माता तथा चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई थिए ।

कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । लव प्याकुरेल अध्यक्ष रहेको केन्द्रिय कार्यसमितिमा प्रदीपलाल श्रेष्ठ,मानबहादुर थापा र लक्ष्मण सुवेदी उपाध्यक्ष,रमेश कोइराला महासचिव,भीष्मराज फुलारा सचिव,ठण्डबहादुर अधिकारी कोषाध्यक्ष छन् । त्यसैगरी कार्यसमिति सदस्यमा राधेश्याम बिश्वकर्मा,गणेश सुवेदी,बिनोद चौलागाईँ र मधुर अधिकारी निर्वाचित भएका छन् ।

सीमानाभन्दा परःनेपाली चलचित्र बिषयक अन्तरक्रिया समेत संचालन गरिएको कार्यक्रममा प्रमुख बक्ता नीर शाहले नेपाली चलचित्रको नीतिगत र गुणस्तरिय बिकासमा चलचित्रकर्मीहरुकै बढी कम्जोरी भएकाले यसलाई सच्याउदै लग्नु पर्ने धारणा राखे । प्रमुख अथिति तिमिल्सिनाले नेपाली चलचित्र गैर नेपाली दर्शकसम्म पुर्याउनका लागि पहल गर्नु पर्ने धारणा राख्दै सम्बन्धित निकाय र संघसंस्थाले यसबारेमा गम्भीरताका साथ सोच्नु पर्ने बताए ।

संस्थाका अध्यक्ष प्याकुरेलले आफूहरुको संस्थाले नेपाली चलचित्र र कलाकर्मीको बृहत्तर बिकास र बिस्तारका लागि बिशेष कार्ययोजनाहरु ल्याउने र चलचित्रसंग सम्बन्धित अन्तराष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए । उनले स्रष्टाहरुको उच्च सम्मान तथा नवप्रतिभाको पहिचान र प्रोत्साहनका लागि समेत आफुहरु कटिबद्ध रहेको बताए । कार्यक्रममा चलचित्र तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘चपली हाइट–३’ २०० रुपैयाँमा हेर्न सकिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा…

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन्

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

काठमाडौँ । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अगरवाल र श्रृद्धा

जापानमा अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम

Techie IT