Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालहिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध


मुगु । लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ ।

एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले पन्छाएरे सुचारु गरेको थियो । शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनः अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारी साधन बाटोमै रोकिएका छन् । झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो । मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने उनको भनाइ छ ।

कार्यालयले एक सूचना जारी गरी हिउँ निरन्तर परिरहेकाले यस खण्ड भएर यात्रा गर्ने सबैलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ ।

सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालबाहक सवारी साधन बुलबुलेमा रोकिएका छन् । नाग्म– गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानीले पर्दा पहिरो आएर अवरुद्ध हुने गर्दछ । नेपालकै ठूलो तथा गहिरो रारा ताल र नेपाली भाषाको उदगमस्थल सिञ्जा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सधैँ व्यस्त हुने गर्दछ ।

पर्यटकीय सडक भएकाले पर्यटकले दुःख भोग्ने नपरोस् भनेर सडक डिभिजनले अवरोध हटाउन स्काभेटर र सडक रक्षक तैनाथ अवस्थामा राख्दै आएको छ । साथै सडक स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइरहेको कार्यालयले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा पाँच जना घाइते

काठमाडौँ । ललितपुरको ग्वाको नजिकै एक टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मोबिल

काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौँ । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा

भक्तपुरको एक उद्योगमा आगलागी हुँदा २ जना घाइते, करिब २…

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ ।

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ‘हेर्न नमिल्नेमा राखिएको छ । जिल्ला अदालत, काठमाडौँको फैसलामाथि गरेको पुनरावेदनमा आज

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौँ आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ

Techie IT