Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालभीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना पक्राउ

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना पक्राउ


काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीका अनुसार, पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ काठमाडौँको गोल्खुपाखामा बस्दै आएका २२ वर्षीय सुमन खत्री छन् ।

उनका अनुसार, खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिगले पोष्ट गरेको फोटोहरु डाउनलोड गरेर नक्कली आईडी बनाएका थिए । त्यसपछि उनले पीडितको फोटो प्रयोग गरेर अश्लील क्याम्सन लेखेको पाइएको उनले बताए ।

अनुसन्धानका क्रममा ब्यूरोबाट खटिएको टोलीले उनलाई गोल्खुपाखा, ठमेलबाट पक्राउ गरेको उनले बताए । विद्युतीय अपराध ऐनविरुद्धको कसूरमा अनुसन्धानका लागि उनलाई ५ दिन हिरासतमा राख्न अदालतले समेत अनुमति दिइसकेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय

कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा तीनजना घाइते छन् ।

ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा पाँच जना घाइते

काठमाडौँ । ललितपुरको ग्वाको नजिकै एक टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मोबिल

काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौँ । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा

भक्तपुरको एक उद्योगमा आगलागी हुँदा २ जना घाइते, करिब २…

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ ।

Techie IT