Techie IT
२०८१ जेठ १, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजारमा ९ अङ्ककाे वृद्धि

शेयर बजारमा ९ अङ्ककाे वृद्धि


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ ।

आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको आठ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ दशमलव ६७, गुर्खाज फाइनान्सको आठ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रु ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता शेयर कारोबार भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज

घट्यो सुनचाँदीको मुल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौत भएको छ । सम्झौताअनुसार

सुनको भाउ बढ्यो

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५००

सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्यूआर’ सिस्टम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिन र प्रविधिमैत्री बनाउन यो

अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुने

काठमाडौँ । अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने भएको छ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर

Techie IT