Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसुर्खेतमा दोश्रो चलचित्र कार्यशाला सुरु

सुर्खेतमा दोश्रो चलचित्र कार्यशाला सुरु


सुर्खेत । कर्णाली चलचित्र कार्यशाला २०८० को दोश्रो सिजन आजबाट प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुभारम्भ भएको छ ।

केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला बुधबारबाट शुभारम्भ गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका ७ नं. वडा अध्यक्ष ध्रुव चपाईले समाजमा रहेका विकृति विसंगतिहरुलाई न्यूनिकरण गर्ने बताए । उनले भने ‘चलचित्र समाजको ऐना भएको हुँदा यस्ले साँस्कृति सन्देशको माध्यम हो । यस्कालागि वडा कार्यालय सहयोगकालागि सँधै तयार रहेको छ ।’

त्यस्तै कार्यक्रममा सुर्खेतका रङ्गकर्मी यामनारायण आचार्यले चलचित्र समाज रुपान्तरणको एउटा पाटो रहेकोले कार्यशाला फलदायी हुने बताए । कार्यशालाको सहयोग संस्था नेपाल टेलिकमका प्रेमप्रकाश सिक्देलले चलचित्रले दिने सन्देश लामो समय सम्म रहने बताए ।

आयोजक केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि. भूपेन्द्र खड्काले कर्णालीमा कला सँस्कृति जोगाउन समस्या रहेको बताउँदै यो कार्यशालाले स्थानीय कलाकारमा निखारता ल्याउने जिकिर गरे ।  कार्यक्रममा संगितकार गंगा केसी एवं रङ्गकर्मी केशव ढकालले आफ्नो अनुभव सुनाएका थिए ।

कार्यशाला ७ दिन सम्म चल्ने कार्यक्रमका सहजीकरण गर्नुभएका कलाकार तथा निर्देशक निर्मल प्याकुरेलले जानकारी दिए ।

यो कार्यशालामा चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीको मास्टर क्लास रहने छ । यस्तै चलचित्र निर्देशक एवम् सञ्चारकर्मी डब्बु क्षत्रीले चलचित्र लेखन तथा निर्देशकको प्रशिक्षण दिने छन् । यस्तै अभिनेत्री सरिता गिरीको चलचित्र अभिनय सम्बन्धि विशेष कार्यशाला र सञ्चारकर्मी एवम् मेकअप आर्टिष्ट सरिता भारतीको चलचित्रका लागि क्यारेक्टर मेकअप तथा इफेक्ट मेकअप प्रशिक्षण यो कार्यशालामा रहेको छ । अग्रज निर्देशक दयाराम दाहालले यो कार्यशालामा निर्देशन सम्बन्धि विशेष कक्षा रहने आयोजक भूपेन्द्र कुमार खड्काले जानकारी गराएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

Techie IT