गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्काप्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का नेपालीपत्र आईतबार, २०८० फागुन २७ गते, १८:४५ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन् । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । पछिल्लो समयका व्यस्त र लोकप्रिय अभिनेता प्रदीप खड्काको बर्थ डेको अवसर पारेर हिजो शनिवार निर्माण टिम र खड्का बिच सम्झौता भएको हो ।चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन् । साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको निर्देशक शाहीले जानकारी दिए ।प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो । नेपाली चलचित्रको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि बिदेशी लेभलको फिल्म बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए । #प्रदीप शाहीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ बेनी अस्पतालः ‘बेड’ थपियो, थपिएन जनशक्ति ४ मानवअधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छः राष्ट्रपति पौडेल ५ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ६ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ७ ललितपुर महानगरको बजेट साढे ६ अर्बThe Film Nepal