Techie IT
२०८२ वैशाख १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थधुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक

धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक


गुल्मी । धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् ।

धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताए।

पहिलो पटक गुफा पुग्नुभएकी ८२ वर्षीय फ्रान्सेली नागरिक मार्गट लिनदेन गुफा हेरेपछि आफू निकै खुसी भएको बताए । निकै सुन्दर र रमणीय ठाउँ भएको भन्दै उहाँले आफू स्वदेश फर्केपछि अरू साथीहरुलाई पनि यसको महत्व र सुन्दरताका बारेमा जानकारी गराउने बताए । गुफाभित्र देखिएका दृश्य साह्रै आकर्षक र भिन्नभिन्न आकृतिले प्राकृतिक रुपमा सजिएको उनको भनाइ थियो । गुफामा पुगेका पर्यटकले भजन गीतको तालसँगै नाचगान गरेर एकापसमा खुसी साटासाट गरेका थिए ।

गुल्मीको सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट–५ अन्तर्गत वस्तुमा यो गुफा रहेको छ । विसं २०४५ मा बारीमा मकै खान गएको बाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त ठाउँमा गुफा रहेको पत्ता लगाएका थिए । विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

पछिल्लो समयमा यसको प्रचारप्रसार स्वदेशमा मात्र नभई विदेशमा पनि हुन थालेपछि विदेशी पर्यटकको समेत आगमन हुन थालेको हो । विभिन्न समयमा एक–दुईजना काम विशेषले आएको समयमा फाटफुट रुपमा विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि यस पर्यटककै रुपमा गुफा हेर्नका लागि यति धेरै फ्रान्सेली नागरिक आएको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

गाउँपालिकाको आग्रहमा अरविन्द्र आश्रममा योग साधनाका लागि आएका उनीहरु आश्रमका गुरु रामचन्द्र दासको नेतृत्वमा टोलीले गुफाको अवलोकन गरेको हो । गुफाको लम्बाइ एक सय ८५ मिटर र चौडाइ तीन सय ५० मिटर रहेकोे छ । यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच द्वारको प्राकृतिक आकार देख्न सकिन्छ ।

स्थानीयका अनुसार विसं २०४५ को असारमा गुफा पत्ता लागेको हो । गुफा बाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । गुफाको भित्तामा देखिने धार्मिक महत्व बोकेका विभिन्न आकृतिका चित्रले थप आकर्षण बढाएको छ ।

गुफा क्षेत्रको विकासका लागि अहिलेसम्म गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोडभन्दा बढी रकम लगानी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जनाकारी दिए । उक्त गुफा सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा पर्दछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

Techie IT